आजदेखि असोज २० गतेसम्म काठमाडौंबाहिर जान वा भित्रिन रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह (विशेष सूचनासहित)


काठमाडौं, १७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षयजस्ता विपद्जन्य घट्नाहरु घट्नसक्ने सम्भावना भएकोले सतर्कता र सावधानी अपनाउन भनेको छ ।

अत्यन्त जरुरी नभई सकेसम्म असोज १७ गतेदेखि असोज २० गतेसम्म लामो दुरीको यात्रा नगर्न पनि आग्रह गरिएको छ । यो अवधिमा काठमाडौंबाट बाहिर र काठमाडौं प्रवेश गर्नेहरुलाई रातको समयमा यात्रा नगर्नपनि भनिएको छ ।