काठमाडौं, १७ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अहिलेको सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले प्रतिशोधको आधारमा निर्णय गर्न थाले परीणाम कहिल्यैपनि शुभ नआउने दाबी गरेका छन् । बस्नेतले नेपालमा जेन–जी आन्दोलनको नाममा जे भइरहेको छ त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले राजनीतिक घाउ कहिल्यै निको भएन। बर्मामा आङ सान सू चीलाई दशकौँ नजरबन्दमा राख्दा मुलुक आज हत्या र हिंसाको दलदलमा डुबेको छ । शासनले प्रतिशोधका आधारमा निर्णय गर्न थाल्यो भने परिणाम कहिल्यै शुभ हुँदैन । नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ । तर छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ , परिस्थिति अझ जटिल बन्नेछ।




प्रतिक्रिया