समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ : शंकर पोखरेल


काठमाडौं, १७ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गरिनुपर्नेमा जोड दिएका छन् । पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मानेको उल्लेख गर्दै एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सारेको स्मरण गराएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन। खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’