किराती राजाहरुको सन्तान भएकोले प्रधानमन्त्री बन्न मेरो पूरापुरी हक लाग्छ : हर्क साम्पाङ


काठमाडौं, १७ असोज । धरानका मेयर हर्कराज साम्पाङ्ले आफूलाई प्रधामन्त्री बन्न काठमाडौं गयो भनेर धेरैले खिसी गरेको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्नको लागि नै काठमाडौं आएको स्विकारेका छन् । देश जलिरहेको र ढलिरहेको टुलुटुलु हेरेर बस्न नसकेर काठमाडौं गएको र नेतृत्व लिन्छु भनेको स्मरण गराएका छन् ।

आफू देशलाई विछट्टै माया गर्ने जिम्मेवार नागरिक भएको हैसियतल पनि देशको प्रधानमन्त्री बन्ने हक लाग्ने उनको भनाई छ । आफू यो देशमा सबभन्दा लामो समय शासन गर्ने किराती राजाहरुको सन्तान भएकोले पनि प्रधानमन्त्री बन्नको लागि आफ्नो पूरापुरी हक लाग्ने पनि उनले भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–
धेरैले मलाई उडाए ! प्रधान मन्त्री बन्न गयो प्रधान मन्त्री बन्न गयो भनेर खिसी गरे ! हो म यो देशलाई जलिरहेको ढलिरहेको टुलुटुलु हेर्दै सामाजिक संजालमा डुकृंदै उफृंदै बस्न नसकेर गाकै हुँ नेतृत्व लिन ! आखिर यो देश मेरो होइन र ? देशलाई बिछट्टै माया गर्ने जिम्मेवार नागरीक भएको हैसियतले पनि हक लाग्छ यो देशको प्रधानमन्त्री बन्ने ! ऐतिहासिक कुरा गर्ने हो भने पनि सबै भन्दा लामो समय यो देशमा शासन गर्ने किराती राजाहरुको सन्तान भएकोले म प्रधानमन्त्री बन्न नहुने भन्ने कुरा रहन्न मेरो पूरापूरी हक लाग्छ ! देश आगोमा जलिरहंदा म बचाऊ गर्न गाकै हुँ ! अरु सबै घर भित्र लुकेर बसिरहेको बेला ५०० किलोमिटर टाढा सडक यात्रा गरेर गाकै हुँ ! मलाई देशको माया छ चिन्ता छ त्यसैले कसैले मलाई भनिरहन र अह्राइरहन पर्दैन ! देशलाई दुख्दा आँशु मेरो खसेकै हो ! हो म रोएकै हुँ ! देशको मायाले रोएँ ! म स्वीकार गर्छु ! मेरो देशलाई विदेशी शक्तिले उगउउभत सरि खेलाइराख्दा चलाइराख्दा खबरदारी गरेकै हुँ ! बोलेकै हुँ, कराएकै हुँ ! अन्याय विरुद्ध बोल्न मलाई कसैले भनिरहन र अनुरोध गरिरहन गर्दैन मेरो रगतमै अन्यायको विरुद्ध बोल्ने नभलभ लिएर जन्मेको मान्छे हुँ म ! बोल्छु र बोल्न सिकाउँछु म ! अन्याय विरुद्ध नबोल्ने मशानको शान्ति लिएर बाँच्ने नामर्द र कायरहरुको भीडमा म बोल्छु र सदा बोलिरहनेछु ! देश जलिरहंदा र देश ढल्नलाग्दा सम्म चुप्पी साँध्ने र चुपो लाग्न आग्रह गर्नेहरुलाई देख्दा दया लागेर आउँछ मलाई ! मेरो पूर्खाले मलाई झुक्न सिकाएन आँधी देखेर लुक्न सिकाएर ! हो म झुक्दिन ! संसारको कुनै पनि धन राशीले मेरो इमान र स्वाभिमान किन्न सक्दैन ! कुनै किसिमको प्रलोभन या कसैको डरधम्कीले मेरो निष्ठा र माटो प्रतिको प्रतिबद्धता घटाउन सक्दैन ! मेरो आफ्नो देशको सार्बभौमसत्ता मेरो जीवनमा बाँचिरहनेछ ! अभिमान होइन यो मेरो स्वाभिमान हो र सदा यस्तै रहिरहनेछ ! विदेशीको टिका लगाएर पदमा पुग्नु, भित्र भित्रै लुकेर खेल खेल्नु र विदेशी परचक्रीहरुलाई देश सुम्पनु मेरो स्वभाव र चरित्र अनि अभिव्यक्ति र व्यवहारमा कतै कहिल्यै देखिंदन ! यो मूर्दाहरुको देश होइन ! यहाँ जीवित भूमिपुत्रहरु पनि छन् ! फूलको माला होस् या तरवार केही कुराले फरक पार्दैन ! विकृति विरुद्ध आगो ओकलिरहनु पर्छ ! अन्याय विरुद्ध आँधीबनेर जाइलाग्नु नै पर्छ ! विदेशीको जुठो खाई यो देशको काट्टोखानेहरुलाई सच्चा नेपालीहरुले परास्त गर्नै पर्छ ! सबै लागौँ सबै जागौँ ! सबै उठौँ र सबै जुटौँ ! जय चेतना ! जय श्रमदान ! जय स्वाभिमान !