काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारी वर्षाले सिर्जित विपद्को अवस्थामा सबैले सरकारले जारी गरेको सूचनाहरु फलो गर्नुपर्ने बताएका छन् ।
सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्नपनि उनले अनुरोध गरेका छन् । आपत्कालिन नम्बरहरुसमेत सार्वजनिक गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आ आफ्नो ठाउँबाट सक्रिय भएर खटिनको लागिपनि निर्देशन दिएका छन् ।
थापाले फेशबुक पेजमा लेखेका छन्-
“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा, म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपदको समयमा आफ्नो ख्याल गर्दै उद्दार, राहत र सेवामा जुट्नुहुन अनुरोध गर्दछु। साथै, पार्टीका साथीहरूलाइ पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना–आफ्ना ठाउँमा सक्रिय भएर खटिन आग्रह गर्दछु।”




प्रतिक्रिया