पाँचथर बोलेरो दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो


काठमाडौं, १८ असोज । पाँचथरको कुम्मायक गाउँपालिकामा आज भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

पाँचथरबाट यात्रु बोकेर धरान आउँदै गरेको बोलेर दुर्घटना भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जनाएअनुसार मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला छन् ।

उनीहरुको पहिचान खुलिसकेको छैन । यस्तै, दुर्घटनामा परि ६ जना घाइते भएका छन् । तीमध्ये ५ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) ल्याईएको छ ।