भैरहवा विमानस्थलमा अलपत्र यात्रुको उद्धारको लागि सुदनको पहल


काठमाडौं, १९ असोज । अविरल वर्षाको कारण स्थल र हवाईमार्ग हिजो दिनभर बन्द हुँदा अलपत्र परेका यात्रुहरुको उद्धारको लागि पहल भएको छ । हामी नेपालीका संयोजक सुदन गुरुङले भैरहवा विमानस्थलमा अलपत्र परेका यात्रुहरुको उद्धारको लागि क्यानका डिजी प्रदीप अधिकारीसँग आग्रह गरेका थिए ।

अधिकारीले नेपाल वायुसेवा निगमका प्रमुख युवराज अधिकारीलाई आग्रह गरेका थिए । तर, वायुसेवा निगमका हाकिम अधिकारीले राम्रो रेस्पोन्स नगरेको बताईएको छ । सुदनले विभिन्न विमानस्थलमा अलपत्र परेका यात्रुहरुको उद्धारको लागिपनि सरकारसमक्ष प्रस्ताव राखेका छन् । उनले विपद्मा उद्धार र राहतको लागि आफ्नो टिम परिचालन गरेका छन् ।