एकीकृत अग्रगामी धार एकजुट हुन आवश्यक छ : गणेश पराजुली


काठमाडौं, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश प्रसाद पराजुलीले अब नेपालको राजनीतिक आकाशमा स्पष्टता र एकीकृत अग्रगामी धार एकजुट हुन आवश्यक रहेको औंल्याएको छ ।

बडादशैंको अन्तिम दिनको कोगाज्रत पूर्णिमाको दिन पूर्व न्यायाधीश बलराम केसीको हातबाट टिका ग्रहण गर्दै पराजुलीले यस्तो लेखेका हुन् । देवीहरुले असुर शक्तिलाई परास्त गरेझैं भ्रष्टाचारविरुद्धको संघर्षमा यस पुस्ताले थुप्रै बलिदान दिएर पनि विजय हाँसिल गरेको उनले उल्लेख गरेका छन् ।

पराजुलीले फेशबुकमा लेखेका छन्–

बडादशैँ २०८२ को अन्तिम दिनको कोजाग्रत पूर्णिमा, जसरी देवीहरूले असुर शक्तिलाई परास्त गरे, त्यसैगरी भ्रष्टाचारविरुद्धको संघर्षमा यस पुस्ताले थुप्रै बलिदान दिएर पनि विजय हासिल गरेको छ। यसलाई स्थायीरूपमा संस्थागत गर्न अब सबै शक्ति एकत्रित गर्न आवश्यक छ।

जसरी आकाशबाट कालो बादल हट्न थालेझैँ, राष्ट्र शोक र प्राकृतिक विपत्तिसँग लड्दै निकासतर्फ अग्रसर छ, त्यसैगरी अब नेपालको राजनीतिक आकाशमा पनि स्पष्टता र एकीकृत अग्रगामी धार एकजुट हुन आवश्यक छ। यहाँहरू सबैलाई दशैंको अन्तिम दिनको हार्दिक शुभकामना !!