बाढी, डुवान र कटानबाट भएको क्षतिग्रस्त संरचना तुरुन्तै निर्माण गर्न सरकारसमक्ष प्रभु साहको माग


काठमाडौं, २० असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हालै आएको अविरल वर्षाको कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आज (सोमबार) विश्रामपुर गाऊँपालिकाको बरैनियामा आम जनता पार्टीको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले अब क्षतिग्रस्त संरचनाको निर्माणको लागि पहलकदमी लिन सरकारलाई सुझाव दिएका छन् ।

साहले अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीडित परिवारलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।