अन्तर्राष्ट्रिय टी–२० सिरिज : आज नेपाल र मलेसिया भिड्दै


काठमाडौं, असोज २१ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।

पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ । मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।