एशियन कप छनोटका लागि आज भियतनामसँग खेल्दै नेपाल


काठमाडौं, असोज २३ । एएफसी एशियन कप छनोटका लागि आज नेपालले भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ ।

एशियन कप छनोटमा नेपालले आउँदो मङ्गलवार पनि भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्ने भएको हो।

पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २–१ को हार ब्यहोरेको थियो। लगातार दुई हारपछि नेपाल समूहको पुछारमा छ। फिफा वरीयतामा नेपाल १७६औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ ।