टी–२० विश्वकप छनोट : सुपर सिक्समा आज यूएईसँग भिड्दै नेपाल


काठमाडौं, असोज २६ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ । यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।

सुपर सिक्सको शीर्ष तीन मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।