काठमाडौं, ३१ असोज । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । उनले आफूलाई ‘गरि खान देउ’ अभियानको संयोजकको रुपमा प्रस्तुत गरेका छन् । अभियानले विदेश पलायन नभईकन देशमा नै गरिखान पाउँ भनेर काम गरेको उनले स्मरण गराएका छन् ।
दल खोल्नुको कारण अहिलेकै अवस्थामा निर्वाचनमा जान भने नभएको उनको स्पष्टोक्ति छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा भएका नेपालीहरुले भोट गर्ने अधिकारको सुनिश्चित्ता र भ्रष्टाचार नियन्त्रणको लागि नागरिकतहमै आयोग बनाउनुपर्ने बताएका छन् । उनले देशमा आमूल परिवर्तन ल्याउनको लागि आफूहरु डटेर लाग्ने बताए ।




प्रतिक्रिया