नेतृत्व हस्तान्तरण गर्न ओलीलाई योगेश भट्टराईको सुझाव, भदौ २३ को जेन-जी आन्दोलनमा दमन भएको दाबी


काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणको लागि सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठमा पार्टी पूनर्गठनको प्रस्ताव राख्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रस्तुत गरेको धारणालाई ‘आजको संकट र पार्टी पूनर्गठन’ भनिएको छ। उनले जेनजी आन्दोलनको घोषणा भएपछि समयमै बोलाएर तत्कालिन सरकारले सम्बोधन नगरेको गुनासो पोखेका छन् । सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन गरेको कारण दुःखद् र अल्कपनीय घट्ना घटेको उनको दाबी छ ।

सरकारले भदौ २४ गते घट्नसक्ने घट्नाको पनि सही आँकलन गर्न नसकेको उनको ठम्याई छ । उनले पार्टी पूनर्गठनको महत्वपूर्ण आयाम भनेको नै नेतृत्व हस्तान्तरण भएको उल्लेख गरेका छन् । उनले अब अध्यक्ष ओलीले नै सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नुपर्ने धारणा राखेका छन् ।