काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजानी, लुटपाट र तोडफोड गर्नको लागि अघिल्लो दिन भदौ २३ गते घट्ना घटाईएको दाबी गरेका छन् । आज (आइतबार) सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई रिपोर्टिङ गरेको स्पष्ट पारेका छन् ।
अघिल्ला दिनहरुजस्तो भदो २३ गते संसद् भवनमा सुरक्षा व्यवस्था मजबुद पनि नपारिएको उनको दाबी छ । उनले भने,‘१० हजार विद्यार्थी जम्मा हुने कुरा छ। हामी त्यहाँ रोक्छौं उनीहरूले छाड्छन्। शान्तिपूर्ण जुलुस हुन्छ भन्ने ब्रिफिङ मैले २२ गते राति सुरक्षा समितिको बैठकमा गरिएको थियो, शान्ति सुव्यवस्था कायम गर्न खटाइएका प्रहरीहरूसँग त्यो बन्दुक हुँदैन। कुनै विशेष टास्क फोर्स राख्नु र त्यहाँ हुनु बेग्लै कुरा हो। तर सडकमा शान्ति सु(व्यवस्था कायम राख्नका लागि एसएलआरजस्ता बन्दुकहरू र गोलिगठ्ठा दिइएको हुँदैन ।’
नक्कली जेनजीहरुले हिंसा भड्काएको उनको दाबी छ । सक्कली जेनजीले त्यस्तो गलत काम गर्नै नसक्ने उनको भनाई छ । उनले भने,‘सक्कली नक्कली, नक्कली सक्कली हुन्छ। साँच्चै गर्यो भने कहिले त्यो सुटिङ हुन्छ। कहिले रियल भइदिन्छ। के बनाउनुपर्ने हो त्यो हुन्छ। त्यो बेला नक्कली हतियारको सुटिङ हुँदैथ्यो र नेपालमा रु त्यस्ता खालका मान्छेहरू आए र ब्यारिकेड तोड्न खोजेपछि जेनजीहरूले माइकिङ गरेर भनेका थिए ।’ सो क्रममा उनले आफ्नो सम्पत्ति छानबिन गर्न भनेका छन् । तर, केपी ओली जसले जहाँ बोलाउँछ त्यहीँ भने नजाने उनको चेतावनी छ ।
उनले भोलि सम्पदकहरुले नै केपी ओलीलाई फिर्ता ल्याउँ भनेर विशेष सम्पादकीय लेख्ने दिन आउनेपनि बताए । उनले अहिले देशमा अराजकता चलिरहेको यो कायम रहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरे । उनले भने,”यस्तै भयो भने केपी ओली फेरि प्रधानम्न्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने रु अरुबाट हुने रहेनछ।।। यस्तो अराजकता । तपाईंहरुले ९सम्पादकहरु० विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।”




प्रतिक्रिया