काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन् । हिजो (आइतबार) आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । उनले भने,‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु, मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा अडिग छु ।’
अध्यक्ष ओलीले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । आफ्ना मूल्य र मान्यता, देश, जनता र मानव जातिप्रति आफू निष्ठासाथ अडिग रहेको उनको भनाई थियो । आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने उनले स्पष्ट पारे । उनले भने,‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरू मेरा निष्ठाका विषय हुन् ।’




प्रतिक्रिया