काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दलका नेताहरुसँगको बैठक सुुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका विभिन्न दलका नेताहरु सहभागी छन् ।
माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् । बैठकमा जनमतबाट चन्दन सिंह सहभागी छन् । कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रवक्ता डा. प्रकाशशरण महतको सहभागिता छ । यस्तै, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन् । बैठक अहिले जारी छ । यस्तै, बैठकमा पर्यवेक्षकको रुपमा प्रा.डा. केदारभक्त माथेमा र विद्याधर मल्लिकको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया