जनकपुरबाट प्रचण्डको दाबी : छठपछि वामपन्थी एकता हुन्छ


काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यही छठपछि वामपन्थीबीच एकता हुने दाबी गरेका छन् । आज (बुधबार) जनकपुर पुगेका दाहालले मिडियाकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । अहिले समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको उनको भनाई छ ।

उनले भने,‘वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ, छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको।’ उनले तोकिएकै मिति फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने भन्दै त्यसको लागि आफूहरुको साथ रहने बताएका छन् ।