बालेनको आक्रोश : चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?


काठमाडौं, ५ कार्तिक । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले तुइन र काठको पूल बनाउने नेताहरुले नै यो देश विदेशीले बिगारेको भनेको उल्लेख गरेका छन् । भिसा पाउनलाई तिमीहरुको घर धाउनुपर्छ अनि अरुलाई विदेशीको एजेन्ट भन्छौं ? भन्दै बालेनले प्रश्न गरेका छन् ।

उनले आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाएको अनि काँग्रेसले एमालेको जलाएको भएपनि दोष आफ्नो बालबच्चालाई दिन्छौ ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ लाज लाग्दैन रु

मेयर शाहले फेशबुकमा लेखेका छन्

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?