काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर र संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।
प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनः स्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै सर्वाेच्वमा एकै दिन १० वटा रिट निवेदन पेस भएका थिए।




प्रतिक्रिया