माधव नेपालसँग प्रचण्ड र नारायणकाजीको भेटवार्ता


काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माधव नेपाललाई भेट्नको लागि प्रचण्ड आज नेकपा (एकीकृत समाजवादी) को मुख्यालय पुगेका हुन् ।

सो क्रममा दाहालसँग माओवादीका नेता नारायणकाजी श्रेष्ठपनि थिए । आजको छलफलमा तीन नेताबीच एकीकृत पार्टीको नाम तय गर्ने विषयमा सहमति खोजिने बताईएको छ । हिजोमात्रै माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित विभिन्न ८ दल र समूहबीच एकताको घोषणा गरिएको छ । जसमा एकीकृत पार्टीको नाम तय गरिएको छैन । चुनाव चिन्ह भने पाँचमुखे तारा राखिएको छ ।