काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको अधिवेशनको बहसमा सक्रिय सहभागिताको लागि पार्टीका सबै साथीहरुसँग अपिल गरेका छन् । उनले यो बहसमा सबैको साथ अपरिहार्य रहेको उल्लेख गरेका छन् । हिजो (बुधबार) साँझ थापाले एक भिडिओ सन्देश नै जारी गरेका छन् ।
उनले भनेका छन्,‘नेपाली कांग्रेस पार्टीको अधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु, तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ। जय नेपाल।’
उनले कांग्रेस नयाँ वाचासहित जनतामा जानुपर्ने मत राखेका छन् । उनले अधिवेशन किन चाहिएको भन्नेबारे यसरी प्रष्टाएका छन् । हामी सच्चियौं भनेर पूनर्गठित कांग्रेस लिएरमात्र चुनावमा जाँदा जनताले साथ दिने उनको दाबी छ । महामन्त्री थापाले आगामी पुष १६ गतेबाट सुरु गर्नेगरि १५औं महाधिवेशनको लागि कार्यतालिका पेश गरेका छन् ।




प्रतिक्रिया