आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो?


काठमाडौं, कार्तिक २१ । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।