काठमाडौं, कार्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ।




प्रतिक्रिया