काठमाडौं, २६ कात्तिक । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो । उद्योगले मङ्गलबार बक्यौता बुझाए लगत्तै काटिएको लाइनसमेत जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको थियो । उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।




प्रतिक्रिया