काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । आज (आइतबार) भक्तपुरको गुण्डमा प्रेस चौतारिका नेताहरुसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् । उनले अहिले देशमा विधिको शासन नरहेको पनि बताए । ‘समृद्धिका कुरा पछि गरौंला । अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ,’– उनले भने ।
साथै, उनले एमाले चुनावबाट नभाग्ने बताए । एमाले देशको सबैभन्दा ठूलो र मजबुद पार्टी रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहन आवश्यक नरहेको बताए । उनले अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने बताए । प्रहरीबाट लुटिएका हातहतियारहरु बाहिर नै रहेको र कारागारबाट फारर भएका अपराधिहरुलाई समेत नियन्त्रणमा लिन नसकिएको अवस्थामा चुनाव हुनै नसक्ने उनको जिकिर छ ।
‘देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं,’– उनले भने ।
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसलाई चुनाव गराउने हक नरहेको बताए । देशका लागि विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उनको अडान रहेको छ । देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर ।




प्रतिक्रिया