काठमाडौं, ३० कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ता हुने भएको छ । दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पुगिसकेको छ ।
नागरिक बचाउ दलको अध्यक्षमा भने माधव खतिवडा रहेका छन् । प्रसाईँको समर्थनमा उनको अभियान मिल्दोजुल्दो पार्टी खोलिएको हो । पार्टीमा रहेका केन्द्रीय सदस्यहरु आइतबार (आज) निर्वाचन आयोगमा सनाखतको लागि उपस्थित भएको थिए । दल दर्ताको लागि निवेदन दिने आज अन्तिम दिन हो ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ ।




प्रतिक्रिया