काठमाडौं, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका बागमती प्रदेश सभापति डा.अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ । डा.लामिछानेले रास्वपा परित्याग गर्ने नेताहरुप्रति गरेको टिप्पणीमा असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेको हो ।
बागमती प्रदेश सभापति लामिछानेले पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेको विषयमा प्रतिक्रिया दिएका थिए । नेता लामिछानेले पार्टी छाडेर जान मन लाग्नेहरु जाँदा हुने’ प्रतिक्रिया दिएको थिए ।
रास्वपाको अनुशासन समितिले सभापति लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि चुलिएको छ ।
रास्वपा छाड्ने नेताहरुको पनि लर्को लागेको छ । पूर्व शिक्षामन्त्रीसमेत बनेको सुमन श्रेष्ठ, पूर्व प्रमुख सचेतक परियारलगायत प्रभावशाली नेताहरुले रास्वपा परित्याग गरिसकेका छन् ।




प्रतिक्रिया