काठमाडौं, १ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । आज (सोमबार) हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थीको विद्रोहमा हसिनाले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप लागेको थियो । सो मुद्दामा अदालतमा महिनौंसम्म बहस चलेर सोमबार फैसला आएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो ।
तत्कालीन प्रधानमन्त्री हसिनाले प्रदर्शन दवाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको अदालतको ठहर छ । हसिना हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।




प्रतिक्रिया