दुर्गा प्रसाईँले मेचीदेखि महाकालीसम्म ठप्प पार्ने


काठमाडौं, १ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरे । व्यवस्था परिवर्तन नभएसम्म आन्दोलनमै बस्ने उनको घोषणा रहेको छ ।

व्यवस्था परिवर्तन नभएरसम्म महेन्द्र राजमार्गमा छ्याप्पै बस्ने बताउँदै उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुने बताए । प्रसाईले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आफ्नो आन्दोलन नरोकिने बताए । प्रसाईँले घरमै बसेर एनपीएल हेर्न पनि सुझाव दिए ।