काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले हतियार र गुलाबको फूल एकअर्काको परिपुरक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हतियार र गुलाबको समयको आवश्यकता रहेको बताएका हुन् ।
‘गुलाबको फूल लिनुभयो हैन चुनाव चिन्ह ? हतियार बोकेको हातले गुृलाबको फूल लिएको छ । यसको कारण बनाउनुस्’ भन्ने जिज्ञासामा उनले भने, ‘हतियार र गुलाब भनेको एकअर्काका पुरक हुन् । यो संसारलाई बदल्नका लागि कुनै बेला बलको पनि आवश्यकता थियो ।’
विप्लवले आफूहरु एक्लै जनताको बीचमा जान तयार रहेको पनि बताए । तर, समयको आवश्यकताअनुसार अन्य मित्र शक्तिहरुसँग पनि मिलेर चुनावमा जानेबारे छलफल भइरहेको उनको भनाइ छ, ‘पहिला त हामी जनताको बीचमा एक्लै जान पनि तयार छौं । परिस्थितिअनुसार मित्र शक्तिसँग छलफल पनि हुँदैछ,’– उनले भने ।
नेता विप्लवले तत्काल चुनावको वातावरण भने सजिलो नरहेको बताए । तर पनि ढिलो चाँडो चुनावतिर जानुको विकल्प नरहेको उनको भनाइ छ ।




प्रतिक्रिया