काठमाडौं, ६ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवासँग अन्तर्क्रिया गरेका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनले जेन–जीसँग अन्तरक्रिया गरेका हुन् ।
योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको आयोजनामा पेरिसडाँडामा ‘जेन–जीसँग नेकपा कार्यक्रम’ आयोजना गरिएको हो । कार्यक्रममा प्रचण्डको अलावा अन्य शीर्ष नेताहरू पनि सहभागी छन् । जेनजीहरुले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया भएको बताइएको छ ।
सो क्रममा नेपाली कम्युनिष्ट पार्टीमा सयौंको सख्यामा जेन–जी युवाहरु प्रवेश गरेका छन् । जेन–जीहरुलाई प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीमा स्वागत गरे ।















प्रतिक्रिया