महेश बस्नेतमाथि आक्रमणको प्रयासले रामकुमारी झाँक्री दुःखी


काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टी पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि भएको आक्रमणको प्रयासले दुःखी बनाएको बताएकी छन् । एमाले पोलिटव्युरो सदस्य बस्नेतमाथि आज सुनसरीमा रातो रङ्ग भरिएको बेलुन प्रहार भएको थियो । सरकारले यस्ता पात्रहरुलाई समातेर कारबाही गर्नुपर्ने झाँक्रीको माग छ ।

साथै, यस्तो अवस्थामा पार्टीभित्र अभूतपूर्व एकताको खाँचो पनि झाँक्रीले औंल्याएकी छन् । झाँत्रलीले अभूतपूर्व एकताको कारण नै महाभारतमा पाण्डवहरुले युद्द जितेको प्रसंग उल्लेख गरेकी छन् । उनले पार्टी पंक्तिलाई एउटै मिसनमा लाग्न आग्रह गरेकी छन् ।

‘महाभारतमा पाण्डवले युद्द जिते, कौरवहरूले हारे । कारण पाण्डवहरूको अभूतपूर्व एकता हो । आज विराटनगरमा क.महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ । यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो । सरकारले यस्ता पात्रलाई समातेर कारबाही गरोस्। यस्ता अपराधिक मानसिकताका एकाध ब्यक्तिले जहिले पनि यस्तो कार्य गर्ने प्रयास गर्छन्। हामी सचेत बन्नुपर्छ । पार्टीपंक्ति एउटै मिसनमा लागौं,’– उनले भनेकी छन् ।