काठमाडौं, ९ मंसिर । जनादेश पार्टीका नेता एवं संविधानसभा सदस्य योगेन्द्र घिसिङले आफ्नो दलको एजेण्डा देशलाई समृद्ध बनाउने, विभेद र पहिचानको मुद्दालाई सम्बोधन गर्दै नेपाली राष्ट्रियतालाई बचाएर मुलुकको हित गर्ने रहेको बताएका छन् । नेपाली रडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले जेन–जीसहित घाइते र अगुवाहरुको नेतृत्व यो पार्टीमा रहेको बताए । उनले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको जरुरी रहेकाले आफूहरुको दल स्थापना भएको बताए ।
आफूहरुले नेपाल सापेक्ष नीति बनाउन चाहेको र नेपाल सापेक्ष अर्थनीतिको वकालत गर्ने उनले बताए । आफ्नो दलले अबको निकट दिनमै सरकारलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको विषयमा सरकारलाई छानविनका लागि दवाब दिने, नेपाललाई अगाडि बढाउने सन्दर्भमा जेन–जीको म्याण्डेट कार्यान्वयन गराउने आफूहरुको मुख्य प्राथमिकता रहेको उनले बताए ।
साथै, उनले जनादेृश पार्टीको संरक्षक भएर बसिदिन पत्रकार ऋषि धमलालाई आग्रह गरे । नेता घिसिङले जनादेश पार्टी केही महिनाभित्रै यो देशको राजनीतिमा अब्बल र सक्षम पार्टी स्थापित हुने पनि उनले बताए ।




प्रतिक्रिया