संसद् पूनःस्थापना माग्दै एमालेद्वारा रिट दायर


काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।एमालेका नेता महेश बर्तौलाका अनुसार रिट निवेदनमा प्रतिनिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको माग गरिएको छ ।

‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन नेकपा (एमाले) संसदीय दल (असंवैधानिक ढङ्गबाट बिघटित प्रतिनिधिसभा) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको छ,’– नेता बर्तौलाले जानकारी गराए ।

एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो । उक्त बैठकले नेता बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि अख्तियारी दिएको थियो ।