अब आफू प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा


काठमाडौं, १० मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । धादिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अब प्रधानमन्त्री बन्ने धेरै रुचि मलाई छैन । तर, देशले मागे जिम्मेवारीबाट भने म पन्छिनेवाला छैन ।’

प्रचण्डभन्दा अघि बोलेका सोही दलका नेता राजेन्द्र पाण्डेले आफूले प्रचण्डलाई एकपटक फेरि प्रधानमन्त्री बनेको हेर्ने चाहना भएको भनेर भनेका थिए । त्यसको जवाफ दिने क्रममा प्रचण्डले यस्तो स्पष्ट पारेका हुन् ।

उनले भने,‘राजेन्द्र पाण्डेजीले मलाई केही भारी बोकाउँछु भन्दै उठ्नुभएको थियो। बोकाउनुपनि भयो। उहाँले आगामी निर्वाचनपछि मलाई फेरि एक पटक प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र प्रधानमन्त्रीको रूपमा गर्नुपर्ने कामको बारेमा केही कुरा राख्नुभयो। प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन।’