राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज


काठमाडौं, मंसिर ११ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक विषय वस्तुका साथै पार्टीको भावी रणनीति, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा आसन्न केन्द्रीय समिति बैठकका एजेण्ड समेत तय गर्नेछ भने पार्टीका सबै तहको अधिवेशनका बारेमा पनि छलफल हुँदैछ ।