काठमाडौं, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशको एकता सन्देश सभा सुरु भएको छ । दाङको लमहीमा सुरु भएको सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, नेताहरु वामदेव गौतम, वर्षमान पुनलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
एकता सभामा सहभागीहरुको उपस्थिति उल्लेखनीय रहेको छ । सुदूरपश्चिमबाट सुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सभा ल्ुम्बिनी हुँदै क्रमशः गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुने कार्यतालिका रहेको छ ।














प्रतिक्रिया