आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै एमाले


काठमाडौं, मंसिर १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्।

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा हुने छ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गरिएको छ।