विश्वासको मत लिन गएनन् मुख्यमन्त्री यादव


काठमाडौं, मंसिर १७ । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए।

यसअघि बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएपनि मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित भएपछि दिउँसो २ बजे बस्नेगरी बैठक सारिएको छ ।

प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन्। सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।