काठमाडौ, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्विकृत भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आज साँझ आह्वान गरेका हुन ।
नयाँ सरकार गठनको लागि दाबी गर्न आगामी शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिएको छ । file photo




प्रतिक्रिया