मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवद्वारा दाबी पेश, ७७ सांसदको हस्ताक्षर


काठमाडौं, १९ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।

यादवले विभिन्न ६ दलको साथ लिएर मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष दाबी पेश गरेका हुन् ।

उनलाई ७७ प्रदेश सांसदको साथ छ । मुख्यमन्त्रीको लागि आज साँझ ५ बजेको समय दिईएको थियो ।