बालुवाटारमा सर्वपक्षीय बैठक जारी


काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।

कांग्रेसबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसााल, एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी छन् ।

आजको छलफलमा २१ फागुनको निर्वाचनको तयारीको विषयमा कुराकानी हुने जनाईएको छ ।