हेटौंडामा डोजर चलेपछि कमल थापाको टिप्पणी : कानुनी राज्यको नाङ्गो उपहास!


काठमाडौं, २० मंसिर । राप्रपा नेपालका अध्यक्ष तथा पुर्व उपपप्रधानमन्त्री कमल थापाले सडक विस्तारको नाममा हेटौंडामा आज डोजल चलाईएपछि सरकारको आलोचना गरेका छन् । उनले सरकारको यो कदमलाई कानूनी राज्यको नाँगो उपहास भनेका छन् । सर्वोच्च अदालतले सडक विस्तार तत्काल रोक्न् आदेश दिएको भएपनि वर्तमान सरकारले जनताको निजी सम्पत्तिमाथि आक्रमण गरेको भन्दै आलोचना गरेका हुन् ।

थापाले फेशबुकमार्फत लेखेका छन्–

कानुनी राज्यको नाङ्गो उपहास! सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ। बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध हो। शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ।