काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ११औं महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रस्ताव बोकेर पार्टी मुख्यालय पुगेका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्ने घोषणा गरेका पोखरेल आज छुट्टै राजनीतिक प्रस्ताव बोकेर च्यासल पुगेका हुन् ।
यसअघि अध्यक्ष ओलीले ११औं महाधिवेशनमा कुनै छलफल नहुने र आफूले बोलेपछि सिधै नेतृत्व चयनमा जाने भनेका थिए । तर, पोखरेल समूहले काउन्टर प्रस्ताव लग्नेगरि तयारी गरेको छ । त्यहीअनुसार आज पोखरेल आफ्नो प्रस्ताव लिएर पार्टी मुख्यालय पुगेका हुन् ।
यता, काठमाडौंको हार्दिक होटेलमा पोखरेल समूहका नेताहरुले भने छुट्टै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वक्ताको रुपमा उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायतले बोलेका छन् ।




प्रतिक्रिया