काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मतदाताको उमेर अठार वर्ष पुग्ने मिति निर्धारण गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा आयोगले २०८२ फागुन २० गते १८ वर्ष उमेर पूरा हुने मितिलाई कट अफ डेट निर्धारण गरेको छ ।
साथै, गत मंसिर ५ गतेसम्म देशभरबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक गर्नेगरि आयोगबाट यही मंसिर २० गते निर्णय भएको जनाएको छ ।




प्रतिक्रिया