जेरुसलेम, २६ मङ्सिर । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ ।
नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ ।
यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पु¥याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।
जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।
यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन् । रासस




प्रतिक्रिया