खैबर पख्तुनख्वा (पाकिस्तान), २६ मङ्सिर । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।
द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार अज्ञात आक्रमणकारीहरूले खुशाली गाउँको अयाज कोट क्षेत्रको उक्त विद्यालयमा विस्फोट गराउदा विद्यालयको संरचना भग्नावशेषमा परिणत भएकाले शैक्षिक गतिविधिहरू रोकिएको जनाइएको छ ।
जिल्ला शिक्षा विभागका अधिकारीहरूलाई उदृत गर्दै सयौं विद्यार्थीहरूका लागि महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा सेवा दिँदै आएको यस क्षेत्रको एक मात्र विद्यालय विस्पोटले क्षतिग्रस्त भएको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।
विस्फोट पछि, अधिकारीहरूले क्षतिग्रस्त भवनलाई बन्द गरेर अस्थायी स्थानहरूमा कक्षाहरू पुनः सुरु गर्न वैकल्पिक व्यवस्थाहरूबारे विचार गरिरहेको बताएका छन् ।
अभिभावकहरूले बालबालिकाको भविष्य निर्माण स्थललाई आक्रमणकारीहरुले जानाजानी तोडफोड गर्ने प्रयासको गरेकोमा शोक तथा आक्रोश व्यक्त गरेका छन् ।
यस घटनाले सार्वजनिक संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई झक–झकाएको छ भने अहिले सम्म कुनै समूहले विस्पोटको जिम्मेवारी लिएको छैन ।
जिल्ला प्रशासन कार्यलयले बम विस्फोटलाई “शिक्षा विरोधी कार्य“ भन्दै निन्दा गरेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।
अधिकारीहरूले दोषीहरूलाई पक्राउ गरी चाँडै न्यायको आभास गराउने जनाएका छन् भने प्रहरीले विस्फोट स्थलबाट प्रमाण सङ्कलन गरेको छ ।
द एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरे अनुसार प्रारम्भिक मूल्याङ्कनहरूले विस्पोटक उपकरणले टाढाबाट वा टाइमर संयन्त्रको माध्यमबाट विस्फोट गराएको सुझाब दिएको छ । रासस




प्रतिक्रिया