चुनावले मात्रै देशलाई अब लयमा ल्याउने पम्फा भुसालको दाबी


काठमाडौं २६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सिर्जना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन् ।

नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन् । निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेतृ भुसालले भनिन्, “जेनजी आन्दोलनपश्चात देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।” file photo