०७० मा माओवादीलई तास्नको लागि कांग्रेस र एमालेले घुमाउरो तालमेल गरेकै हो, यसपटक पनि ८२–८२ सिटमा तालमेल गर्छौं : दयालबहादुर शाही


काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता एमालेका नेता तथा निवर्तमान सांसद दयालबहादुर शाहीले अब हुने निर्वाचनमा कांग्रेस र एमालेले चुनावी गठबन्धन गर्ने बताएका छन् । उनले भने,‘हामी चुनावबाट हामी भाग्दैनौं । ०७० को निर्वाचनमा कांग्रेस र एमालेले माओवादीलाई तास्नको लागि अघोषित गठबन्धन गरेकै हो । माओवादीलाई मास्नको लागि हामीले ०७० मा घुमाउरो तालमेल गरेकै हो । यसपटक मजदुर किसानको भक्तपुर १ बाहेक, यसपटक पनि ८२/८२ सिटमा कांग्रेस र एमालेले तालमेल गर्छ । अरु पार्टीको परिवार नियोजन हुन्छ । नेपाली कम्युनिष्ट पार्टीले गरि खाँदैन ।’

शाहीले नेपाल अहिले उन्नत लोकतान्त्रिक अभ्यास र बदनाम लोकतान्त्रिक अभ्यासको संघारमा रहेको सुनाए । तर, आफूहरुले देशलाई उन्नत लोकतान्त्रिक अभ्यासमा फर्काउने शाहीले विश्वास दिलाए । उनले जेनजी आन्दोलनको नाममा राजावादी, माओवादी र रास्वपाले उदण्डता देखाएको आरोप लगाए । उनले जेनजी आन्दोलनको क्रममा सेनाले खेलेको भूमिकाको पनि आलोचना गरे ।

उनले संसद् भंग गर्नेमा विपक्षी दलको नेता प्रचण्ड, सेनापति अशोकराज सिग्देल, राष्ट्रपति रामचन्द्र पौडेल, माधव नेपालको साझिस मिलेको आरोप लगाए। उनले भने,‘हो, उहाँहरुले मिलेर संसद् भंग गर्नुभयो । सुशीलालले मिचेको होईन संविधान, रामचन्द्र पौडेलले मिचेको हो । उहाँ त माओवादीको राष्ट्रपति हो । यो सरकार राष्ट्रपतिले बनाएको होईन, जंग्गी अड्डाले बनाएको हो ।’ उनले गत चैत्र १५ गते जति पनि सेनाले स्ट्याण्ड लिएको भए भदौ २३, २४ गते केही पनि हुँदैन थियो भन्ने दाबी गरे ।’ उनले अहिलेको संविधानले सुशिला कार्कीलाई नचिन्ने टिप्पणी गरे । उनले प्रतिनिधिसभा पूनःस्थापना हुने विश्वास व्यक्त गरे ।

Skip This

Omoda E5 Pro